बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मनोनयनसँगै उम्मेदवार घरदैलो अभियानमा

गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन्।
 |  मंगलबार, वैशाख १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

जनकपुर- आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन्। गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन्।  

triton college

विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्ने तयारीमा छन् भने स्वतन्त्र उम्मेदवार आफ्नो व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न थालेका छन्। 'उम्मेदवारी दर्ता गराएसँगै हामी घरदैलो सुरु गर्ने तयारीमा छौँ', जसपाका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार लालकिशोर साहले भने, 'हुन त पहिलादेखि नै जनताको घर–घरमा पुग्दै आएका थियौँ, तर अब गठबन्धनका सबै उम्मेदवारलाई सँगै लिएर घरदैलोमा जान्छौँ।' सत्तारुढ गठबन्धनका तर्फबाट नगरप्रमुखमा साहले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका किशोरी साहले उम्मेदवारी दिएका छन्।

नेकपा (एमाले)का उम्मेदवारले पनि घरदैलो अभियानलाई पनि आजैदेखि तीव्रता दिने बताएको छ। 'हामीले हिजो उम्मेदवारी दर्ता गरायौँ र अब घरदैलो अभियान सुरु गर्छौँ, एमालेका तर्फबाट जनकपुरधामका नगरप्रमुखका उम्मेदवार शिवशङ्कर साह (हिरा)ले भने, 'पहिलो उम्मेदवारीकै टुङ्गो लागेको थिएन, त्यही भएर राम्ररी घरदैलो र प्रचार–प्रसार गर्न सकेको थिइनँ, अब उम्मेदवारी दर्ता भइसकेकाले जनताको घरघरमा पुग्छौँ', उनको भनाइ छ।

घरदैलोका क्रममा मतदातासँग पार्टी घोषणापत्र र आफूहरूको कार्यसूचीबारे छलफलसमेत गरिने उनले बताए। जनकपुरधाम उपमहानगरबाहेक धनुषाका सबै पालिकामा उम्मेदवारी दिएको नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी प्रचार अभियान छिट्टै सुरु गर्ने तयारीमा छ।

पार्टीभित्र आकाङ्क्षी बढी भएकाले अन्तिम समयमा मात्र उम्मेदवार छनोट गरेर धनुषाको १७ स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका उम्मेदवारले एकैसाथ चुनावी अभियान सुरु गर्ने तयारी भइरहेको माओवादी केन्द्र धनुषा अध्यक्ष तथा धनुषाधाम नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार दीपककुमार यादवले बताए।

Metro Mart
vianet

'उम्मेदवारी दर्ता गराएसँगै हामी घरदैलो अभियानमा जान्छौँ', उनले भने, 'यसपालिकाको चुनावमा प्रचार–प्रसार गर्ने समय कम छ, त्यसैले ढिलाइ नगरी जनताको घरघरमा पुग्ने छौँ।' घरदैलोको क्रममा जनतासँग पार्टीको योजनाबारे छलफल गर्नेछौँ', उनले भने।  नेपाली काँग्रेस, जनमत पार्टीलगायतले पनि घरदैलो अभियान सुरु गरिसकेको बताएको छ।

उम्मेदवार मतदातासँग मत माग्न गाउँ–गाउँमा पुग्न थालेपछि गाउँबस्तीलाई चुनावी माहौलले छोपिसकेको छ। धनुषाका १८ वटै स्थानीय तहमा सोमबार शान्तिपूर्णरूपमा उम्मेदवारी मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो। 

जनकपुरधाम उपमहानगर प्रमुख र उपप्रमुखमा ५१ स्वतन्त्र उम्मेदवार

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख र उपप्रमुखका लागि ५१ जनाले स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएका छन्। मुख्य दलले बागी उम्मेदवार नबनोस् भन्ने सोचका साथ उम्मेदवारी दर्ताको अन्तिम दिन उम्मेदवार टुङ्गो लगाए पनि धेरै संख्यामा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा नेकपा (एमाले) र नेपाली कांग्रेस छन्।

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुर उपमहानगर प्रमुख पदका लागि विभिन्न दलबाट १२ र स्वतन्त्ररूपमा २९ गरी ४१ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। यस्तै उपप्रमुख पदका लागि विभिन्न दलबाट १० र स्वतन्त्र २२ गरी ३२ जनाले उम्मेदवारी दर्ता गराएको उनले बताए।

त्यस्तै २५ वडा रहेको जनकपुरधाम उपमहानगरको २५ वडाध्यक्षका लागि विभिन्न दल तथा स्वतन्त्र गरी ३३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने महिला वडा सदस्यका लागि १७४ र दलित महिला वडा सदस्यका लागि १८० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नगरप्रमुख पदमा लोसपाले टिकट नदिने भएपछि केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका जानकीराम साह एमालेबाट पनि टिकट नपाएपछि स्वतन्त्ररूपमै उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

सुरुमा टिकट दिन्छु भनेर पार्टीमा भित्र्याएपछि पार्टीले धोका दिएकाले आफूले स्वतन्त्ररूपमा उम्मेदवारी दिएको साहले बताए। विगत चार दशकदेखि कम्युनिष्ट पार्टीमा सक्रिय रहे पनि पार्टीले टिकट नदिएको भन्दै एमालेका  नेता रामसेवक यादवले पनि स्वतन्त्ररूपमै उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सत्ता साझेदार दलको भागबण्डाका क्रममा जनकपुरधामको नगरप्रमुख जसपा र उपप्रमुख कांग्रेसको भागमा परेपछि असन्तुष्ट बन्नुभएका कांग्रेसका जनकपुरधाम नगर समितिका सभापति मनोज साहले पार्टी परित्याग गरी स्वतन्त्ररूपमा नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। यस्तै बलराम महतो, सुधीरकुमार महतो, अनिल पजियार, विक्की यादव, लक्ष्मण साह, श्यामकिशोर मण्डललगायतले पनि स्वतन्त्ररूपमै उम्मेदवारी मनोनयपत्र दर्ता गराएका छन्।

एमालेले उपप्रमुखमा टिकट नदिएपछि उमेश चौधरी, सरोजकुमार मिश्र, कुमारी बनिता यादव र कांग्रेसले टिकट नदिएपछि निर्मलकुमार चौधरीले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। धनुषा जिल्लामा स्थानीय तह निर्वाचनका लागि मुख्य दलसहित विभिन्न ३२ वटा दल दर्ता छन्।

एसएसपीबाट राजीनामा दिएर उम्मेदवार

नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर गोविन्दकुमार साहले धनुषाको विदेह नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्ररूपमा नगरप्रमुखमा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन्। 

नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखी आफूले नगरप्रमुखका लागि उम्मेदवारी दिएको साहले बताए। स्थानीय तह निर्वाचन लड्नकै लागि साहले केही साताअघि नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएका थिए।

यस्तै एमालेले टिकट नदिएपछि धनुषाको मिथिला नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण महतोले स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएका छन्। एमालेले राजाराम महतोलाई नगरप्रमुखको टिकट दिएपछि हरिनारायणले स्वतन्त्ररूपमा उम्मेदवारी दिएका हुन्।   रासस

प्रकाशित: Apr 26, 2022| 10:15 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।