शुक्रबार, साउन २९, २०८३

स्थानीय तह निर्वाचनमा एक लाख १८ हजारको उम्मेदवारी दर्ता

स्थानीय तहको निर्वाचनका लागि देशभर सवालाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि देशभर सवा लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार बेलुकी पाँच बजेसम्म उम्मेदवारीको समय रहेको भए पनि राति अबेरसम्म लाइनमा रहेका उम्मेदवारको उम्मेदवारी दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ।

राति १ बजेसम्म १ लाख १८ हजार बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ। ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा उम्मेदवारीका लागि आइतबार र सोमबार तोकिएको थियो।

स्थानीय तह निर्वाचनका लागि सोमबार ७ सय ५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका आयोगको भनाइ छ।

उम्मेदवारहरूले बाजागाजासहित उम्मेदवारी दर्ता गराएका थिए। महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २ हजार ९ सय ८७ र उपप्रमुखमा १ हजार ८ सय ५२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। 

आयोगका अनुसार गाउँपालिका अध्यक्षमा ३ हजार १ सय ८ र उपाध्यक्षमा २ हजार १ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षमा २८ हजार २ सय १४, महिला सदस्यमा १९ हजार ९ सय ३४, दलित महिला सदस्यमा १७ हजार ९ सय ९७ र वडा सदस्यमा ४१ हजार ८ सय ४२ जनाले उम्मेदवारी दिएका छन्। 

प्रकाशित: Apr 26, 2022| 07:03 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...