मकवानपुर- यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मकवानपुरको एक उपमहानगरपालिकासहित १० स्थानीय तहमा विभिन्न पदका लागि ६९१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जिल्लाको १० स्थानीय तह निर्वाचन कार्यालयमा नगरप्रमुखमा १४, नगरउपप्रमुखमा सात, अध्यक्षमा ३० र उपाध्यक्षमा १६ जनाले उम्मेदवारी दर्ता गराएको मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार वडाध्यक्षमा १७३, महिला सदस्यमा ११८, दलित महिला सदस्यमा १०० र सदस्यमा २३३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्वनाथ पोखरेलले जानकरी दिए।
जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेको छ। जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन्।