शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विराटनगरको मेयरमा उम्मेदवारी दिएका कोइरालाले भने- विराटनगरवासी सन्तुष्ट भएको हेर्न चाहन्छु

विराटनगरको मेयरमा उम्मेदवारी दिएका कोइरालाले भने- विराटनगरवासी सन्तुष्ट भएको हेर्न चाहन्छु

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै उनले शिथिल भएको विराटनगरको विकासलाई गति दिने बताए। उनले विराटनगरवासीलाई केहीको पनि अभाव हुन नदिने प्रतिबद्धता जनाए।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

विराटनगर- सत्ता गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता नागेश कोइरालाले सन्तुष्ट विराटनगरवासी भएको हेर्न चाहेको बताएका छन्। 

विराटनगरको मेयरमा निर्वाचित भए आफ्नो कार्यकाल भरिमा सन्तुष्ट विराटनगरवासी बनाउने आफ्नो योजना रहेको बताए। 

मुख्य  निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै उनले शिथिल भएको विराटनगरको विकासलाई गति दिने बताए। उनले विराटनगरवासीलाई केहीको पनि अभाव हुन नदिने प्रतिबद्धता जनाए।  

निकै रस्साकस्सीपछि विराटनगरको मेयरको टिकट पाएको नेता कोइरालाले सबै मिलेर निर्वाचनमा जाने बताए। उनले भने,'सबै साथीहरु जिम्मेवार हुनुहुन्छ। पार्टीका विभिन्न ओहोदामा बस्नु भएको छ। उहाँहरुले मलाई भन्दा पनि पार्टीका लागि मत दिनुहुन्छ।'

विराटनगरको विकासका लागि आफ्नो मुख्य चारवटा प्राथमिकता रहेको बताए। करको दायरा बढाएर कर घटाउने आफ्नो पहिलो प्राथमिकता भएको कोइरालाले बताए। उनले भने, 'सरसफाइ, स्वास्थ्य र शिक्षा मेरो प्राथमिकता हुन।'

प्रकाशित: Apr 26, 2022| 06:40 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...