बुधबार, असार १०, २०८३

चितवनका पालिकामा यी उम्मेदवारबीच हुँदैछ प्रतिस्पर्धा

चितवनका पालिकामा पनि अन्यत्र जस्तै एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिपस्पर्धा हुने भएको छ। सोमबार मनोनयन सकिँदासम्मका उम्मेदवारको अवस्था हेर्दा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको हो।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- चितवनका पालिकामा पनि अन्यत्र जस्तै एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिपस्पर्धा हुने भएको छ। सोमबार मनोनयन सकिँदासम्मका उम्मेदवारको अवस्था हेर्दा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको हो।

National life

भरतपुर महानगरपालिकामा मेयर पदमा ३० जना र उपमेयरका लागि १३ जनाको उम्मेदवारी परेको छ। भरतपुरमा सत्ता गठवन्धनबाट साझा उम्मेदवारको रूपमा माओवादी केन्द्रकी रेनु दाहालले मेयरमा उम्मेदवारी दर्ता गराउँदा उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन गराएका छन्। 

महानगरमा एमाले र राप्रपाले गठबन्धन गरेका छन्। उक्त गठबन्धनबाट एमालेका विजय सुवेदी मेयर उम्मेदवार र उपमेयरमा राप्रपाकी हिमला गुरूङले उम्मेदवारी दर्ता गराएका छन्।

गठबन्धनप्रति असन्तुष्ट बनेका कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। 

राप्ती नगरपालिकामा मेयरमा ८ जनाले र ५ उपमेयरमा जनाले उम्मेदवारी दिएका छन्। एमालेका गोविन्द कँडेल र उपमेयरमा मेनका पाठकले उम्मेदवारी दर्ता गराए। सत्ता गठवन्धनबाट समाजवादीका शम्शेर लामाले मेयर र कांग्रेसका देवेन्द्र लामाले उपमेयरमा उम्मेदवारी दर्ता गराए। 

Shivam cement

कालिका नगरपालिका मेयरमा १० जना र उपमेयरमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मेयरमा एमालेबाट विनोद रेग्मी र उपमेयरमा विमला लमाले उम्मेदवारी दर्ता गराउँदा गठबन्धनका शिवराम केसीले मेयर पदमा उम्मेदवारी दिए। उपमेयर पदमा माओवादी केन्द्रबाट सविता लामाले उम्मेदवारी दर्ता गराइन्।

रत्ननगर नगरपालिका मेयरमा ११ जना र उपमेयरमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

विमला दुवाडी र उपमेयरमा यादव पाठकले एमालेबाट उम्मेदवारी दर्ता गराउँदा सत्ता गठवन्धनका तर्फबाट कांग्रेसका प्रल्हाद सापकोटाले मेयर र उपमेयरमा एकीकृत समाजवादीका बद्री घिमिरे छन्।

खैरहनी नगरपालिकामा ६ जनाले मेयरमा र ५ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराए। एमालेका लालमणि चौधरीले मेयरमा उम्मेदवारी दिँदा उपमेयरमा कविता उप्रेतीले उम्मेदवारी दिइन्।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका शशीकुमार खनियाँ र उपमेयरमा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले उम्मेदवारी दिएका छन्। 

इच्छाकामना गाउँपालिकामा ५ जनाले अध्यक्षमा र २ जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। गठवन्धनबाट कांग्रेसकी गीता गुरूङ अध्यक्ष र माओवादी केन्द्रका प्रताप गुरूङले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।

माडी नगरपालिकामा ९ जना मेयरमा र उपमेयरमा ७ जनाले उम्मेदवारी दर्ता गराए। माडीमा एमाले र माओवादीबीच चुनावी तालमेल छ।

एमालेबाट ताराकाजी महतोले उम्मेदवारी दर्ता गराउँदा उपमेयरमा रेशमलाल आचार्य उम्मेदवार बने। गठवन्धनबाट मेयरमा माओवादीका ऋषिराम काफ्ले उम्मेदवार बन्दा उपमेयरमा खेम महतो उम्मेदवार छन्। 


प्रकाशित: Apr 25, 2022| 23:44 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...