बुधबार, असार १०, २०८३

राष्ट्रपति भण्डारीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाई दिँदै उहाँको दोस्रो कार्यकाल सफलताको कामना गरेकी छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाई दिँदै उहाँको दोस्रो कार्यकाल सफलताको कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीले सोमबार ट्वीटमार्फत बधाइ तथा शुभकामना दिनुभएको  हो । उहाँले माक्रोनको कार्यकालमा नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन्। 'आगामी दिनमा नेपाल–फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ र व्यापक हुँदै जानेछ भन्ने मेरो विश्वास छ,' विज्ञप्तिमा भनिएको छ। 

फ्रान्सका राष्ट्रपति माक्रोन राष्ट्रपतिमा पुनः निर्वाचित भएका हुन्। 

प्रकाशित: Apr 25, 2022| 22:50 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...