शनिबार, पुस १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काठमाडौं मनोनयन केन्द्रमा शक्ति प्रदर्शनको होडबाजी

सभाहलभित्र मेयरमा मनोनयन दिएकी महिला उम्मेदवारहरुलाई उनीहरुका श्रीमानले भाषण रटाउने गरेको दृश्‍य पनि निकै रोचक थियो। गठबन्धनको टिकट वितरणप्रति असन्तुष्ट रहेका कार्यकर्ताहरु पनि सभागृहमा पुगेर बागी उम्मेदवारीको सल्लाह र धम्कीहरु दिइरहेका देखिन्थे।
 |  सोमबार, वैशाख १२, २०७९
nespernesper

सृजना राई

सृजना राई

सोमबार, वैशाख १२, २०७९

ntc landingntc landing

काठमाडौं- वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन सोमबार काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यलय राष्ट्रिय सभागृह १० बजेसम्म सुनसानजस्तै देखिन्थ्यो। आइतबारदेखि सुरु भएको मनोनयन दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयर पदमा १७ र उपमेयरमा १६ जनाले उम्मेदवारी दिएका थिए। 

himalayan bank box

मनोनय दर्ताको पहिलो दिन स्वतन्त्र र साना राजनीतिक दलका उम्मेदवाहरुले पहिलो दिन उम्मेदवारी दर्ता गरएका भए पनि राष्ट्रिय राजनीतिक दलहरुले भने उम्मेदवारी टुंग्याउनमै समय व्यतित गरेपछि मनोनयन दर्ताको समय सुरु भइसक्दा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसानजस्तै देखिन्थ्यो।   

सोमबार बिहान साढे १० बजे स्वतन्त्र उम्मेदवारका रुपमा श्‍वेट थापाले काठमाडौं मेयरका लागि पहिलो मनोनय दर्ता गराएका थिए।

नेकपा एमालेका उम्मेदवारहरु केशव स्थापित र उपमेयर सुनिता डंगोल।

vianet

उनी लगत्तै ११ बजे उपमेयरतर्फ अर्का स्वतन्त्र उम्मेदवार रञ्‍जित डंगोलले मनोनयन दर्ता गराएकी थिइन्। १२ बजेतिर सभागृहमा विस्तारै चहलपहल बढ्दै गयो। दिउँसो १ बजे सभागृहको माहोल एकाएक बदलियो। सभागृहको गेट बाहिर सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका उम्मेदवारहरु दलबलसहित उपस्थित भए। 

दलबलसहित शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गराउन आएका राजनीतिक दलहरुले साथमा सांस्कृतिक झाँकीहरु पनि पदर्शन गरेका थिए। एकछिन त भृकुटीमण्डप क्षेत्र सांस्कृतिक झाँकीहरु गुञ्‍जयमान नै भयो। 

शक्ति प्रदर्शनको होडबाजीमा ठूला दलहरु 

दिउँसो एक बजेपछिको समयमा सभा गृहभित्र र बाहिर मानिसहरुको भिड थेगिनसक्नुको स्थितिमा पुग्‍यो। दलहरुले झण्डा बोकेका कार्यकर्ताहरु, बाजागाजासहितका सांस्कृतिक टोलीहरु लिएर उम्मेदवारी दर्ता गराउन आएका दलहरुले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गरिरहेको स्पष्ट देखिन्थ्यो। कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाका कार्यकर्ताहरुको भिडले उम्मेदवारहरुलाई नै सभागृहको गेटभित्र छिर्न केही समय समस्या भएको थियो। 

भिड छिचोल्दै उम्मेदवारहरुलाई सभागृह भित्र प्रवेश गराउन सुरक्षाकर्मीले निकै ठूलो संघर्ष गर्नुपर्‍यो। अन्य दलहरुभन्दा केही समय अघि पुगेका राप्रपातर्फका मेयरका लागि मदनदास श्रेष्ठ र उपमेयरका लागि बिनिता मघैयाले उम्मेदवारी दर्ताका सभागृह प्रवेश गरे। त्यस लगतै  नेकपा एमालेतर्फबाट मेयरका लागि केशव स्थापित र उपमेयरका लागि सुनिता डंगोल उपस्थित भए। उनीहरुको पछि-पछि हरियो झण्डा बोकेर बीपी कांग्रेसको टोली सभागृह प्रवेश गर्‍यो। 

सभाहलभित्र मेयरमा मनोनयन दिएकी महिला उम्मेदवारहरुलाई उनीहरुका श्रीमानले भाषण रटाउने गरेको दृश्‍य पनि निकै रोचक थियो। गठबन्धनको टिकट वितरणप्रति असन्तुष्ट रहेका कार्यकर्ताहरु पनि सभागृहमा पुगेर बागी उम्मेदवारीको सल्लाह र धम्कीहरु दिइरहेका देखिन्थे।

मनोनयन दर्ता सकेर फोटो सेसनमा निकै बेर व्यस्त देखिए केशव स्थपित। कार्यकर्ता, कर्मचारीदेखि पत्रकार सबैसँगको फोटो सेसनपछि प्रफुल्ल मुद्रामा देखिएका स्थपितले दाबी गरे, 'चुनाव मैले नै जित्‍ने हो। निर्वाचन त प्रक्रिया हो। मेरो जित त सुनिश्‍चित त छँदै छ नि। लेखेर राख्नुस गठबन्धन भन्दा म दोब्बर मतले विजयी हुन्छु।'

उनले विगतको निवार्चनमा प्राप्त मतको हिसाब किताब नै गरेर कांग्रेस आफनो अघि कमजोर प्रतिस्पर्धी भएको दाबी गरे। केशव स्थापित नजिकै उभिएकी सुनिता डंगोलले पद नभइ उद्देश्यका लागि आफूले उपमेयरको उम्मेदवारी दर्ता गराएको बताइन्। उनले भनिन्, 'मेरो मुख्य उद्देश्य काठमाडौं महानगरलाई व्यवस्थित बनाउने हो।' 

यता, राप्रपातर्फबाट मेयरका लागि उम्मेदवारी दिएका मदनदास श्रेष्ठले आफूले काठमाडौंलाई  भ्रष्टाचारमुक्त महानगरको रुपमा स्थापित गर्न एजेण्डा बोकेको बताए। उनले भने, 'भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो। हाम्रो पार्टीको अध्यक्षको मुल एजेण्डाको शिरोधार्य गरेरै म अघि बढनेछु।’

साढे दुई बजेतिर ठूलो समूहमा बाजागाजासहित उपस्थित भए गठबन्धनका मेयरका उम्मेदवार सिर्जना सिंह र उपमेयर रामेश्वर श्रेष्ठ। 

गुलाबी सारीमा फूलमाला र रातो टीका लगाएकी सिर्जना आफना दुई छोरा र श्रीमान र केही कार्यकर्ताहरुका साथमा मनोनयन दर्ता गर्न पुगिन्। लामो समय सक्रीय राजनीतिबाट अलग नै रहेकी सिर्जनाको उम्मेदवारीले राजनीतिलाई तरंगित पारितजस्तै सभागृहको माहोल पनि तरंगित बनेको थियो। कांग्रेसका महामन्त्री गगन थापा र बहालवाला उपमेयर हरि प्रभा खडकीका साथ उभिएकी सिर्जनासँग फोटो खिचाउने र शुभकामना दिनेको भिड केही घण्टासम्मै चल्यो। उनको उम्मेदवारी दर्ताका लागि गएकी सिर्जना आफैं 'विजयी' भएकोजस्तो मुद्रामा देखिएकी थिइन्। 

श्रीमानका कारण सिर्जनाले टिकट पाएको भन्‍ने आरोपहरु लागिरहेको छन्। यी प्रश्‍नहरुले सिर्जनालाई सभागृहमा पनि पछ्यायो। पत्रकारहरुको हुलबाट एकजनाले सोधेको प्रश्‍नमा उनले स्पष्ट पार्ने प्रयास गरिन्, 'मेरो श्रीमानले शेरबहादुर देउवालाई सहयोग गरेकै आधारमा अहिले टिकट पाएको होइन। यो गलत कुरा हो। म गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमति पनि हो। लुकाएर लुक्ने कुरा होइन। तर म प्रकाशमानलाई चिन्‍न भन्दा अघि आफैँ सक्रिय राजनीतिमा थिए। प्रजातन्त्र पुनर्स्थापनाका लागि र महिलाका हकहितका विषयमा मेरो योगदान छ।’ 

उनले आफू यसअघि पनि भातृ संगठन र महाधिवेशन प्रतिनिधि भएकोसमेत बताइन्। सिर्जनाले भनेजस्तै उनी प्रकाशमानको श्रीमति मात्र होइनन्, उनले प्रकाशमान सिंहसँगको परिचयभन्दा अघि क्याम्पस पढ्दा नै विद्यार्थीको निर्वाचनमा माओवादी नेतृ पम्फा भूसाललाई पराजित गरेकी थिइन्।  

रंगिन माहोलमा मलिन अनुहार 

काठमाडौं महानगरको लागि कांग्रेसबाट टिकट पाएकी सिर्जना सिंह मेयरका लागि मनोनयन दर्ता गराउन सभागृह हल पुगिन। सिंहसँगै प्रस्तावकको रुपमा हरिप्रभा खडगी पनि उपस्थित थिइन्। मनोनयन दर्ता अघि फोटोसेसन चल्न थाल्यो। मेयर र उपमेयरका उम्मेदवारसँगै गठबन्धनतर्फका सबै उम्मेदवारहरु समूहगत फोटो खिच्‍न थाले। 

खड्गी भिडबाट निस्केर पर थचक्कै बसिन्,  'आ.. म त गले। ’

उम्मेदवारहरुको समूहले उनको खोजी गर्न थाल्यो तर खड्गी केही बेर थकान मारिरहिन्। उनको अनुहार मलिन देखिन्थ्यो। उत्साह कम। अनुहारको भाव परिवर्तन गर्न खोज्दै बोलिन्,  'मेरो पनि मेयरका रुपमा गर्न योजना थियो। तर, पुरुषले उम्मेदवारी दिएको भए मलाई पीडा हुनसक्थ्यो। महिला अघि बढनुभएकोमा खुसी छु।’ 

मनोनयन दर्ताका लागि जानुअघि कुरा छोट्याउँदै उनी भनिन्, 'म स्थानीय तह छोडदै छु। अब संघमा जान्छु। मेरो क्षमता छ।' 

प्रकाशित: Apr 25, 2022| 20:13 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...