शनिबार, साउन ३०, २०८३

वीरगञ्जको मेयरका लागि १७ जनाको उम्मेदवारी

मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

वीरगञ्ज- मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा (एमाले)बाट महानगर प्रमुखमा विजयकुमार सरावगी र जनता समाजवादी पार्टी (जसपा)बाट राजेशमान सिंहले तथा उपप्रमुखमा सरावगीको प्यानलबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराएका छन्। सिंहको प्यानलबाट नेपाली कांग्रेसका  इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएकी हुन्। 

वीरगञ्जमा कांग्रेस र जसपाबीच चुनावी तालमेल भएको छ। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच समेत चुनावी तालमेल भएको छ। जसपाका सिंहले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादवलगायतसहितका साथमा रही प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन्। 

यस्तै प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरी, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरी, स्वतन्त्रबाट प्रभात सिंह, जमिलराय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सञ्जिवकुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिंह र रोज मियाँ अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्।

वीरगञ्जमा १ लाख २४ हजार ६४७ मतदाता छन्।

प्रकाशित: Apr 25, 2022| 19:48 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...