मनाङ- मनाङको नासो गाउँपालिकाका तीन वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। नासोका वडा नम्बर ५, ६ र ७ मा वडाध्यक्षहरु निर्विरोध बनेका हुन्।
नासो गाउँपालिका-५ थुप्तेन लामा निर्विरोध भएका हुन्। उनी नेपाल पत्रकार महासंघ मनाङका सचिव (समावेशी) तथा प्रेस युनियन मनाङका सचिवसमेत हुन्।
यस्तै सोही गाउँपालिकाका वडा नम्बर ६ मा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ मा ओमबहादुर गुरुङ निर्विरोध वडाध्यक्ष बनेका हुन्। उनीहरूविरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएका हुन्।