शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बागी उम्मेदवारी फिर्ता लिन पौडेललाई कांग्रेसको आग्रह, कारबाहीको चेतावनी

बागी उम्मेदवारी फिर्ता लिन पौडेललाई कांग्रेसको आग्रह, कारबाहीको चेतावनी

पौडेलले उम्मेदवारी फिर्ता नगरे कारबाही गर्ने कांग्रेस चितवनको चेतावनी छ। पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता पौडेलले सोमबार उम्मेदवारी दर्ता गराएका थिए।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

चितवन- चितवनको भरतपुर महानगरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फिर्ता लिन नेपाली कांग्रेसले आग्रह गरेको छ। पार्टीको नीतिविपरीत बागी उम्मेदवारी दिएको भन्दै जिल्ला सभापति राजेश्वर खनालले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।

पौडेलले उम्मेदवारी फिर्ता नगरे कारबाही गर्ने कांग्रेस चितवनको चेतावनी छ। पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता पौडेलले सोमबार उम्मेदवारी दर्ता गराएका थिए। 

उनले आफूलाई दलले कारबाही गरे आफू नडराउने बताएका  थिए। खनालले उम्मेद्दारी फिर्ता लिने समयसम्म फिर्ता नभए कारबाही हुने बताएका छन्।

प्रकाशित: Apr 25, 2022| 18:58 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...