शुक्रबार, साउन २९, २०८३

सकियो उम्मेदवारको मनोनयन, यस्तो छ अबको कार्यतालिका

देशका ७५३ वटै स्थानीय तहमा उम्मेदवारको मनोनयन सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- देशका ७५३ वटै स्थानीय तहमा उम्मेदवारको मनोनयन सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ। सोमबार सबै स्थानीय तहमा मनोनयन भएको र यसको विवरण प्राप्त हुने क्रम जारी रहेको आयोगले जनाएको हो। 

सोमबार मनोनयन सम्पन्न भएपछि मंगलबारदेखि उम्मेदवारको दाबीविरोधका लागि उजुरी  दिने क्रम सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। यसपछि परेका उजुरीमाथि  छानबिन गर्ने आयोगको कार्यतालिका छ। 

उनका अनुसार वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय हुनेछ। १५ गते नै उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिनका लागि समय तोकिएको छ। यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि सोही दिन हुनेछ। वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तय भएको आयोगले जानकारी दिएको छ। यी सबै काम पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन्।

‍उम्मेदवार चिन्ह प्रदान  गरेपछि चुनाव प्रचार प्रसार गर्न समय दिइनेछ। मतदानको ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुन्छ। यो समयमा मतदाता प्रभावित पार्ने गरी कुनै पनि काम गर्न पाइदैन। वैशाख ३० गते मतदान हुनेछ।

सोमबार दिउँसो २ बजेसम्मको विवरणअनुसार २३ हजार ५ सय १७ मनोनयन दर्ता भएको छ। मनोनयनसम्बन्धी थप विवरण प्राप्त हुने क्रम  जारी छ। दर्ता भएको मनोनयनमाथि रुजु गर्ने क्रम जारी छ। 

यस्तै आयोगले सबै जिल्लामा निर्वाचन सामग्री पठाउने तयारी पूरा गरेको छ। वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरिने आयोगले जानकारी दिएको छ। 

०७९ वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छापिएका छन्। यो कुल मतपत्रको करीब ८० प्रतिशत हो। निर्वाचनको लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ।


प्रकाशित: Apr 25, 2022| 17:31 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...