बुधबार, असार १०, २०८३

बाबुरामलाई कमल थापाको व्यंग्य– गीत सुनेर कसले भोट हाल्छ साथी !

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई व्यंग्य गरेका छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई व्यंग्य गरेका छन्। जसपाको चुनावी गीत ट्विटरमा सेयर गर्दै बाबुरामले ‘चुनावी गीत सुनौं र भोट हालौं’ लेखेपछि थापाले व्यंग्य कसेका हुन्। 

National life

बाबुरामको ट्विटलाई रिट्विट गर्दै थापाले  भनेका छन्,  ‘गीत सुनेर कसले भोट हाल्छ मित्र?’ 

स्थानीय निर्वाचनमा जसपा सत्ता गठबन्धनसँग मिलेको छ भने राप्रपा नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेको छ। तराईका केही जिल्लामा भने जसपा र एमालेले पनि तालमेल गरेका छन्।

जसपाले पिटरकुमार श्रेष्ठको शब्दमा ‘छातामा भोट हालौं साथी हो’ बोलको गीत चुनावी गीतको रुपमा सार्वजनिक गरेको छ।


Shivam cement

प्रकाशित: Apr 25, 2022| 17:30 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...