शुक्रबार, साउन २९, २०८३

मतपत्र छपाइ ८० प्रतिशत सकियो

देशभर एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि मतपत्र छाप्ने काम ८० प्रतिशत सकिएको निर्वाचन आयोगले जनाएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– देशभर एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि मतपत्र छाप्ने काम ८० प्रतिशत सकिएको निर्वाचन आयोगले जनाएको छ।

सोमबार अपराह्न आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजसम्ममा ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छापिसकेको जानकारी दिए।  

बाँकी जिल्लाको लागि मतपत्र छापिने क्रममा रहेको उनले बताए। निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान आयोगको छ।

आयोगको कार्यतालिकाअनुसार आज उम्मेदवारी मनोनयन सम्पन्न भएपछि भोलि मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। आज दिउँसो दुई बजेसम्मको विवरणअनुसार २३ हजार ५ सय १७ मनोनयन दर्ता भएको छ। दर्ता भएको मनोनयनमाथि रुजु गर्ने क्रम जारी रहेको आयोगले जनाएको छ। 

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ र १५ गते नै उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तय भएको छ। यी सबै काम निर्वाचन अधिकृतको कार्यलयमा हुनेछ।

सबै जिल्लामा निर्वाचन सामग्री पठाउने तयारी पूरा भएको र वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

यही वैशाख ३० गते शुक्रबार देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ।



प्रकाशित: Apr 25, 2022| 16:28 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...