काठमाडौं– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। उनी सत्तारुढ गठबन्धनमा रहेका दलहरूका साझा उम्मेदवार हुन्।
महर्जनले आज दिउँसो जावलाखेलस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्। उनी २०७४ सालमा पनि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
ललितपुरको मेयरमा एमालेबाट हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा आस्था शाक्यले मनोनयन दर्ता गराएका छन्। उपमेयरमा भने गठबन्धनबाट माओवादीका बाबुराजा बज्राचार्य उम्मेदवार बनेका छन्।