बुधबार, असार १०, २०८३

भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन्। आज उनले नेता–कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकी हुन्। 

National life

मनोनयन दर्ता गराउन उम्मेदवार दाहालसँगै नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपाने समेत पुगेका थिए।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागबण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले पाउने सहमति गरेका थिए।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा रेणुले नै मेयर जितेकी थिइन्।


प्रकाशित: Apr 25, 2022| 16:09 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...