बिहीबार, असार ३२, २०८३

जुडोको टोली थाइल्यान्ड र क्योकुसिन टोली फिलिपिन्स प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ।

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका ७ खेलाडीले अगष्ट ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु, १०० केजीमाथि रविन श्रेष्ठ, ६० केजीमुनि उमेश मगर र ८१ केजीमुनि सञ्जय महर्जनले प्रतिस्पर्धा गर्ने छन् । महिला ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान, ७८ केजीमुनि पुनम श्रेष्ठ र ४८ केजीमुनि सुमित्रा राईले भाग लिने छन्।


सुमित्रा, उमेश र सञ्जय बाहेक सबै एसियाडलाई छनोट भएका खेलाडी हुन् । एसियाडकै लागि छनोट भएकी १२ औं सागकी स्वर्णधारी फुपुल्हामु खत्री भने बैंकक टोलीमा समावेश नहुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । फुपु एसियाडका साथै टोकियो ओलम्पिक २०२० को विशेष तयारीका लागि हाल जापानमा छिन् ।

उचिदेची तालिममा सहभागी हुन आईकेओ क्योकुसिन काइकान कराते संघ नेपालका ३ खेलाडी बिहीबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन्। अगष्ट ३ देखि सेप्टेम्बर ३ तारिखसम्म हुने तालिममा रविन राना, विजय सिंह र सुमन घिसिङले सहभागिता जनाउने छन् । उनीहरुलाई फिलिपिन्स क्योकुसिनका ब्रान्च चिफ स्टेफनले प्रशिक्षण दिने छन् । सोही दौरान खेलाडीले थाइल्यान्ड र सिंगापुरमा हुने अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउने बताइएको छ।

टोलीलाई संघका सल्लाहकार समेत रहेका नेपाल कराते महासंघअन्तर्गत रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपाली र ब्रान्च चिफ कान्छालाल वाइबाले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिहीबारै बिदाइ गरे।

विशेष पुरस्कारको तयारी

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव विष्टले इन्डोनेसिया एसियाडमा पदक जित्ने खेलाडीका लागि विशेष पुरस्कारको तयारी परिषद्ले गरिरहेको बताएका छन्। ‘एसियाडमा पदक जित्ने खेलाडीलाई सरकारको तर्फबाट पुरस्कृत र सम्मान गर्ने कार्यविधि त छँदै छ। 

त्यस बाहेकको पुरस्कारका विषयमा पनि हामीले छलफल गरिरहेका छौं ’ बिष्टले भने, जुडो पनि पदकको आशा गरिएको खेलमा राखिएको बताउदै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गरी हालसम्म एसियाली खेलकुदमा जुडोले प्राप्त गर्न नससकेको पदकको खडेरीलाई तोड्दै इतिहास रचनाका लागि शुभकामना दिए।

 पदक विजेता सम्मानित


नेपाल ओकिनावा शुरिकेन शोरिन रियो कराते डो संघले थाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।

जुलाई १८ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा महिला ३० केजीमुनि कृति गौतमले रजत तथा पुरुष ८४ केजीमाथि डिगम्बरप्रसाद पन्तले कांस्य जितेका थिए । कृतिलाई २० हजार र डिगम्बरलाई १५ हजार नगदसहित सम्मान पत्रद्वारा सम्मान गरियो । प्रतियोगितामा विभिन्न २८ राष्ट्रका ८ सय ३४ खेलाडीको सहभागिता रहेको बताइएको छ।

सोही अवसरमा टोलीका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, प्रशिक्षकद्वय महेश रन्जित र देवी पुन, निर्णायक रोकश श्रेष्ठ तथा टोलीको सहभागितालाई प्रायोजन गरेका रामकृष्ण श्रेष्ठ, किसनराज सिंह, अच्यूत लामिछाने र भोलेन्टियर कोप्र्स नेपाललाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार विष्ट र नेपाल ओकिनावा शुरिकेन शोरिन रियो कराते डो संघका अध्यक्ष सञ्जय रन्जितले नगद तथा सम्मान पत्र प्रदान गरी सम्मान गरे।​​​​



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।