बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • केशव स्थापितलाई सिर्जनाको प्रत्युत्तर : उहाँ झुटा कुरा गर्न माहिर हुनुहन्छ

केशव स्थापितलाई सिर्जनाको प्रत्युत्तर : उहाँ झुटा कुरा गर्न माहिर हुनुहन्छ

'कम्युनिस्ट पार्टीहरू झुटा कुरा गर्न माहिर हुन्छन्। उहाँ (केशव स्थापित)हरू झुटा कुरा गर्न माहिर हुनुहुन्छ। हामी त्यस्तो गर्न सक्दैनौँ। यो चरित्रबारे मतदाता जानकार छन्। त्यसैले हामी जित्छौँ,' उम्मेदवारी मनोनयनपछि उनले भनिन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- काठमाडौं महानगरका लागि सत्तारुढ पाँच दलका तर्फबाट संयुक्त मेयर उम्मेदवार सिर्जना  सिंह (नेपाली कांग्रेस)ले कम्युनिस्टहरू झुटा कुरा गर्न माहिर हुने आरोप लगाएकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले दोब्बर मत ल्याएर विजयी हुने दाबी गरेको विषयमा प्रत्युत्तर दिँदै सिंहले यस्तो आरोप लगाएकी हुन्। 

National life

'कम्युनिस्ट पार्टीहरू झुटा कुरा गर्न माहिर हुन्छन्। उहाँ (केशव स्थापित) झुटा कुरा गर्न माहिर हुनुहुन्छ। हामी (कांग्रेस) त्यस्तो गर्न सक्दैनौँ। यो चरित्रबारे मतदाता जानकार छन्। त्यसैले हामी जित्छौँ,' उम्मेदवारी मनोनयनपछि उनले भनिन्। 

आफूले बालबालिकाका लागि डे केयर सेन्टर र युवाका  लागि शैक्षिक उन्नयनका लागि कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरिन्। 

आफूले प्रकाशमान सिंहलाई चिन्नुभन्दा अघिदेखि नै प्रजातन्त्र ल्याउनका लागि योगदान गरेकाले गणेशमान सिंहकी बुहारी र प्रकाशमान सिंहकी श्रीमतीका रूपमा मात्र नबुझ्न उनले आग्रह गरिन्।  'घरमा सबै राजनीतिमा सक्रिय भएकाले पद नलिएकी मात्र हुँ। राजनीति छोडेको भन्ने होइन/थिएन,' उनले थपिन्, 'मेरो परिवार राजनीतिक भएको कुरा मैले लुकाएर लुक्ने होइन।' 

प्रकाशित: Apr 25, 2022| 15:32 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...