बुधबार, असार १०, २०८३

गठबन्धनप्रति आदर भाव राख्नुपर्छ : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले गठबन्धनको मान्यतालाई आधार मानेर स्थानीय निर्वाचनमा होमिने बताएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले गठबन्धनको मान्यतालाई आधार मानेर स्थानीय निर्वाचनमा होमिने बताएको छ।

National life

सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गठबन्धनमा भागबन्डा मिलिसकेको हुँदा माओवादी सबै स्थानीय तह निर्वाचनमा केन्द्रीत भएको बताए।

राष्ट्रिय स्तरबाट घोषणापत्र सार्वजनिक नगर्ने निर्णय माओवादी केन्द्रले गरेको छ। नेता महराका अनुसार देशको भूबनोटलाई ख्याल गर्दै एकै घोषणापत्र तयार नगरी ‘पार्टी गाइडलाइन’मात्र बनाउने र स्थनीय तह आफैंले घोषणापत्र बनाउन सक्नेछन् ।

गठबन्धनभित्र माओवादीलाई हेपेको टिप्पणी आधारहीन भएको पनि नेता महराले प्रष्ट पारे। ‘गठबन्धनको मान्यतालाई मानेर हामी सबैले आफ्नो क्षमता र हैसियतअनुसार बस्ने हो। यो कुरा बिस्तारै मिल्छ,’ उनले भने,  ‘हामीले नेकपा एमालेसँग मिलेर जाँदैनौं भनिसकेका छौं। यो कुरा कांग्रेसमा पनि लागू हुन्छ। अन्य दलसँग भने आवश्यकताअनुसार मिल्छौं।’

प्रकाशित: Apr 25, 2022| 15:03 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...