शुक्रबार, साउन २९, २०८३

बालेनलाई गायक–कलाकारको साथ

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका र्‍यापर बालेन शाह (३३) लाई कलाकारहरुले समर्थन गरेका छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका र्‍यापर बालेन शाह (३३) लाई कलाकारहरुले समर्थन गरेका छन्।

अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमा ‘भोट फर बालेन शाह’ लेख्दै शाहको घोषणापत्रको सारांश उद्धृत गरेकी छिन्। १८ बुँदामा घोषणापात्रको सारांश हालेर उनले बालेनको समर्थन गरेकी हुन्। 

त्यसैगरी गायक हेमन्त शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका निम्ति मेयरका स्वतन्त्र उम्मेदवार लोकप्रिय गायक भाइ बालेन शाहको गीत सुन्दा जति आउँछ मजा आउँछ, काठमाडौं विकासको तर्क सहितको योजना सुन्दा पनि त्यति मजा आउँछ।’

चलचित्र निर्देशक दीपेन्द्र के खनालले पनि बालेनको घोषणापत्रको सारांश फेसबुकमा पोष्ट्याउँदै साथ दिएका छन्। ‘अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जन विधिहरुको रुपमा काठमाडौंको ब्राण्डिङ गरिनेछ। साथै, अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रलाई अनुदान प्रदान गर्ने योजना पनि बालेनको छ’, बालेनले घोषणापत्रमा भनेका छन्।

बालेनको घोषणापात्रको सारांशसहित ‘भोट फर बालेन’ ‘भोट फर चेन्ज’ लेख्दै नायिका प्रियंका कार्कीले पनि बालेनको साथ दिएकी छिन्। 

‘दूरदर्शी विकास र परिवर्तन त्यो पनि सम्बन्धित कामप्रति गहिराइसम्मको जानकारी, स्मार्ट सिटीको दूरदृष्टि काठमाडौं महानगरपालिकाको आजको आवश्यकता बालेन शाह। हामीले मात्र बुझेर हँुदैन हाम्रा अभिभावकलाई पनि बुझाउनु जरुरी छ। एकचोटी सबैले भोट गरौं’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् चलचित्र प्रेमगीत ३ का निर्देशक तथा निर्माता सन्तोष सेनले।  

हास्यकलाकार निर्मल शर्माले पनि बालेनसँगको फोटो सामाजिक सञ्जालमा पोष्ट्याउँदै लेखेका छन्, ‘अब देश बनाउने पार्टीको टिकट हैन भिजन भएको युवा नै चाहिन्छ।’

गायिका इन्दिरा जोशी, निर्देशक निश्चल बस्नेतलगायतले पनि बालेनलाई मेयर बनाउन भोट मागेका छन्।

प्रकाशित: Apr 25, 2022| 14:39 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...