इटहरी- सुनसरीका दुई उपमहानगर इटहरी र धरान उपमहानगरपालिकामा गठबन्धनले उम्मेदवार टुंग्याएको छ। दुवै उपमहानगरको मेयरमा कांग्रेसले उम्मेदवारी दिने सहमति अनुसार इटहरीमा कांग्रेस जिल्ला सभापति हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई अघि सारिएको छ।
पौडेलले गत स्थानीय निर्वाचनमा पनि मेयरमा दाबी गरेका थिए। तर उनले टिकट पाएनन्।
धरानका किशोर राई पनि अघिल्लो पटक मेयरमा लड्न खोजेका थिए। किशोर गत असोजमा भएको कांग्रेस धरानको पार्टी सभापतिमा श्याम पोखरेलसँग पराजित भएका थिए।
२०७४ मंसिरमा भएको प्रदेशसभा चुनावमा सुनसरी क्षेत्र नम्बर १ (क) मा पनि उनी एमालेका प्रदीप भण्डारीसँग पराजित भएका थिए।