काठमाडौं- सत्तारुढ दलले देशभरका महानगर पालिकामा तालमेल गरी उम्मेदवारी दिने तयारी गरिरहेको छ। ६ महानगरमध्ये कांग्रेसको भागमा तीन महानगरमा मेयर र बाँकी तीन महानगरमा उपमेयर छन्।
नेपाली कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरमा उममेयर लिएको छ। नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्रमान बिजुक्छे र भरतपुर उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने भएको छ।
पोखरामा सत्ता गठबन्धनमा रहेका दलहरूबीच चुनावी तालमेल हुँदा मेयर नेकपा एकीकृत समाजवादीले पाएको छ भने भरतपुरमा माओवादी केन्द्रले मेयर पद पाएको छ।
बिजुक्छे पोखरा महानगर कार्यसमितिका सभापति हुन् भने अधिकारी भरतपुर महानगरसमितिका सभापति हुन्।
वीरग्रञ्ज महानगरपालिकाको उपप्रमुख इम्तियाज आलामलाई उठाउने कांग्रेसको निर्णय छ।
तालमेलमा काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेसले मेयर उम्मेदवार पाएको छ। काठमाडौंको मेयरमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो।