आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • गुमेको कप्तानी र श्रीमती वियोगमा सुसाइड गर्न लागेका थिए दिनेश कार्तिकले

गुमेको कप्तानी र श्रीमती वियोगमा सुसाइड गर्न लागेका थिए दिनेश कार्तिकले

सन् २००७ देखि २०११ को बीचमा महेन्द्र सिंह धोनीपछि भारतीय टिममा दिनशे कार्तिकलाई विकेटकिपर ब्याट्सम्यानका रुपमा चिनिने गरेको थियो। कार्तिक धोनीको विकल्पका रुपमा उदाएका खेलाडी थिए।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा बेंगलोरका विकेटकिपर तथा ब्याट्सम्यान दिनेश कार्तिक अहिले निकै उत्कृष्ट फर्ममा छन्। आरसीबीका यी खेलाडी यो सिजन नयाँ रुपमा देखिएका खेलाडीमध्येका एक हुन्।

National life

उनी एक्लै आफ्नै दममा खेललाई फिनिसिङ गर्ने क्षमता राख्छन्। यो उमेरमा यसरी खेललाई अघि बढाउन सक्नु कुनै पनि खेलाडीका लागि चुनौतीको विषय हो। यो उमेरमा त खेलाडी संन्यास लिनेबारे सोचिरहेका हुन्छन्। तर कार्तिकको यस्तो प्रदर्शन देखेर धेरैले उनको प्रदर्शनको तारिफ गरेका छन्। आज उनी जुन उचाइमा छन् त्यहाँ पुग्नका लागि कार्तिकलाई सजिलो चाहिँ थिएन।

कार्तिकका प्रशिक्षकले एएनवाई टेलिभिजनसँग कुरा गरेका छन्– कसरी उनको सबैभन्दा नजिकको साथी वा श्रीमतीले उनलाई धोका दिइन् र त्यो धोकाका कारण उनी आत्महत्याको सोचमा पुगे।

उनले यो सिजनमा आईपीएलका सातै खेल खेलेका छन्। ती सबैजसो खेलमा उनको प्रदर्शन सम्झनलायक रहेको छ। उनले पहिलो खेलमा पञ्जाब किंग्सविरुद्ध ३२ रन बनाए भने कोलकत्ताविरुद्ध १४ र रोयल्सविरुद्ध ४४ रन बनाएका छन्।

प्रायः पाँचौं नम्बरमा ब्याटिङमा आउने उनी सबैजसो खेलमा अविजित रहेका छन्। सुरुका चारै खेलमा अविजित रहे उनी। पाँचौं खेलमा उनी चेन्नइविरुद्ध ३४ रन बनाएर आउट भए। दुई खेलअघि त उनले निकै सानदार प्रदर्शन गरे। उनले अविजित ६६ रन बनाएका थिए।

Laxmi sunrise bank
kumari

अहिलेसम्म उनले २१० रन बनाइसकेका छन्। धेरै रन जोडिरहेका उनले आईपीएलमा सतक प्रहार गर्न चाहिँ सकेका छैनन्। उनले आईपीएलमा सबैभन्दा धेरै ९७ रन बनाएका छन्। उनले तीन वर्षअघि अविजित ९७ रन बनाएका थिए। उनले अहिलेसम्म आईपीएलमा चार हजार २५६ रन बनाइसकेका छन्।

‘दिनेश कार्तिक आईपीएलको टिमका सबैभन्दा अनुभवी विकेटकिपर ब्याट्सम्यान हुन्। उनले २०१८ मा कोलकाता नाइट राइडर्सलाई प्लेअफमा पुर्याएका थिए र उनको टोली २०१९ मा अंक तालिकामा पाँचौं स्थानमा थियो,’ आईपीएलले उनीबारे लेखेको छ।

२००७ मा विवाह, २०१२ मा डिभोर्स

सन् २००७ देखि २०११ को बीचमा महेन्द्र सिंह धोनीपछि भारतीय टिममा दिनशे कार्तिकलाई विकेटकिपर ब्याट्सम्यानका रुपमा चिनिने गरेको थियो। कार्तिक धोनीको विकल्पका रुपमा उदाएका खेलाडी थिए। धोनीलाई यदि टिममा आराम दिने हो भने कार्तिक विकेटपछि देखिने गरेका थिए। घरेलु क्रिकेटमा उनको प्रदर्शन यति सानदार थियो कि उनी तमिलनाडुको टिमका कप्तान बनाइएका थिए। 

तर एक झट्कामा सबै खत्तम भयो। दिनेशले सन् २००७ मा आफ्नो बाल्यकालको साथी निकिता बन्जारासँग विवाह गरेका थिए। केही वर्षपछि निकिताचाहिँ कार्तिकका साथी मुरली विजयसँगको अफेयरमा परिन्। त्यसबेला निकिता मुरलीको बच्चाकी आमा बन्न लागेकी थिइन्। यो कुरा कार्तिकबाहेक तमिलनाडुका सबै खेलाडीलाई थाहा रहेछ। अचानक एक दिन निकिताले कार्तिकलाई यो सत्य बताइन् र उनलाई सम्बन्ध विच्छेद गर्न भनिन्।

कार्तिकका प्रशिक्षकले एएनवाई टेलिभिजनसँग कुरा गरेका छन्– कसरी उनको सबैभन्दा नजिकको साथी वा श्रीमतीले उनलाई धोका दिइन् र त्यो धोकाका कारण उनी आत्महत्याको सोचमा पुगे।

यसरी उनीहरुको सम्बन्ध सकिएको थियो। सम्बन्ध विच्छेदपछि निकिता मुरली विजयसँग बस्न थालेकी थिइन्। मुरलीले आईपीएलमा चेन्नईका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले लगातार रन बनाएका थिए। त्यसपछि मुरली भारतीय टिममा समेत छनोट भए। यसै क्रममा कार्तिकको प्रदर्शनमा चाहिँ लगातार गिरावट आउन थाल्यो। उनी क्रिकेटमा जम्नै सकेनन्। साथै कार्तिक टोलीबाट बाहिरिएका थिए। खराब फर्मका कारण तमिलनाडु टिमको कप्तानी पनि उनीबाट खोसिएको थियो। अब कप्तानी मुरली विजयले गर्ने भए। कार्तिक डिप्रेसनमा गएका थिए र आईपीएलमा पनि उनको ब्याटबाट रन आउन सकेको थिएन। उनका प्रशिक्षकका अनुसार उनी आफ्नो जीवनबाट यति विचलित भएका थिए कि उनले आत्महत्या गर्ने सोच्न थाले।

उनलाई लाग्यो अब खेल जीवन समाप्त भयो। ३४ वर्षको उमेरमा आईपीएलबाट कप्तानी गयो। त्यतिबेला उनी संन्यास लिएर फ्रेन्चाइज क्रिकेटमात्र खेल्न चाहन्थे। 

दिनेशले सन् २०१५ मा दीपिका पल्लीकलसँग बिहे गरे। २०२१ मा दीपिकाले जुम्ल्याहा छोरालाई जन्म दिइन्, यता कार्तिकले खेल्न छोडे। उनको जीवनको रथ मोडिएको थियो। 

दिनेशले कमेन्ट्री गर्न थाले। यो क्षेत्रमा उनी जम्न थाले। उनको स्वर धेरैले रुचाउन थालेका थिए। दिनेशको एउटा सपना थियो। उनी चेन्नईसँगै रहेको पोस गार्डेनमा एउटा निकै आलिसान घर किन्न चाहन्थे। तर लागत निकै महँगो थियो त्यहाँको। त्यसपछि दीपिकाले उनलाई सल्लाह दिइन्। उनले भनिन्, ‘हामी दुवै आफ्नो खेलमा फर्केर तिम्रो सपना पूरा गर्नेछौं।’ दीपिका आफैं पनि स्क्वास खेलाडी हुन्। उनले कार्तिकसँगै तालिम लिन थालिन् र केही दिनमै पोज गार्डेनमा एउटा आलिशान घर पनि किने।

चेन्नईले कार्तिकलाई आईपीएल २०२२ मा टिममा लिन चाहेको थियो। कार्तिकलाई आफ्नो टोलीमा लिन चाहेको कुरा चेन्नईले उनीसँग गरेको थियो। खेलाडीको अक्सनमा पनि चेन्नईले कार्तिकमाथि लगातार बोली लगाइरहेको थियो तर बैंग्लोरको टोलीले त्यो बाजी जित्यो। अब उनी बैंगलोरका खेलाडी भएका थिए। फ्रेन्चाइजले उनलाई ५ करोड ५० लाखमा आफ्नो टोलीमा अनुबन्ध गरेको थियो ।

साथै, दीपिकाले पनि स्क्वासमा पनि उत्कृष्ट खेल देखाइन्। दीपिकाले स्कटल्यान्डको ग्लासगोमा भएको विश्व च्याम्पियनसिपमा जोश्ना चिनप्पासँग महिला युगल र सौरभ घोषालको मिश्रित युगल दुवै जितिन्।

त्यसैले भन्न सकिन्छ आरसीबी स्टारको कथा कुनै फिल्मभन्दा कम छैन। कार्तिकलाई यसै वर्ष हुने टी–२० विश्वकपमा पनि लिने चर्चा छ।

– भाष्कर डटकममा आदर्श कुमारले तयार गरेको सामग्रीको भावानुवाद

प्रकाशित: Apr 26, 2022| 07:17 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।