काठमाडौं- नेकपा एमालेका तर्फबाट ललितपुर महानगरपालिको प्रमुखका लागि रहरिकृष्ण ब्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै महानगरको उपप्रमुखमा एमालेले आस्था शाक्य 'मञ्जली' लाई उम्मेदवार बनाएको छ।
ब्याञ्जनकार २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका थिए।
महर्जन २४ हजार ६ सय ४२ मत ल्याइ महानगर प्रमुखमा विजयी हुँदा ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गरेका थिए।