शुक्रबार, साउन २९, २०८३

आफ्नो भागमा परेका महानगरमा उम्मेदवार टुंग्यायो कांग्रेसले

नेपाली कांग्रेसले आफ्नो भागमा परेका महानगरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– नेपाली कांग्रेसले आफ्नो भागमा परेका महानगरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी मनोनयनको अन्तिम दिन आज उम्मेदवार छानेका हुन्। 

काठमाडौंको मेयरमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो।

हिजो बसेको कांग्रेस संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो। सभापति देउवाले नेताहरूसँगको परामर्शमा आज उम्मेदवारको टुंगो लगाएका हुन्। 

काठमाडौंमा सिर्जना सिंहका लागि लगभग सहमति भइसकेको भए पनि विराटनगरमा विवाद थियो। अन्ततः सभापति देउवाले शेखर कोइरालाले जोडबल गरेका नागेश कोइरालालाई टिकट दिएका छन्। देउवाको चाहना अमृत अर्याल वा डिला संग्रौलालाई टिकट दिने थियो। 

यता ललितपुरमा चिरिबाबु महर्जनले पुनः अवसर पाएका छन्। ललितपुर र विराटनगरमा ०७४ को चुनावमा कांग्रेसले एक्लै चुनाव जितेको थियो।

प्रकाशित: Apr 25, 2022| 13:11 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...