शुक्रबार, साउन २९, २०८३

प्रधानमन्त्री देउवाकै गृहजिल्लामा फुट्यो कांग्रेस

नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजित भएको हो। विभाजनसँगै स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (वीपी)ले डडेल्धुरामा छुट्टा–छुट्टै उमेदवारी दर्ता गर्ने भएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

डडेल्धुरा-  चासोका साथ हेरिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ।

नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजित भएको हो। विभाजनसँगै स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (वीपी)ले डडेल्धुरामा छुट्टा–छुट्टै उमेदवारी दर्ता गर्ने भएका छन्।

नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डेडेल्धुरा जिल्लाको प्रदेश (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्लपक्ष नेपाली कांग्रेस वीपीबाट स्थानीय तहमा उमेदवारी दिने तयारीमा जुटेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरु नेपाली कांग्रेस (वीपी)बाट स्थानीयतहको निर्वाचनमा जानु परेको विद्यार्थी नेता तेजराज भट्टले बताए।

‘नेपाली कांग्रेसबाट उमेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रीय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरु नेपाली कांग्रेस ९विपीण्बाट चुनावी मैदानमा जाने तयारी गरेका हौं,’ महिला नेतृ कमला बिष्टले बताइन्।

जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उमेदवारी दर्ता गर्ने तयारी रहेको र जिल्लामा अन्यदलहरुसँग तालमेलको प्रयास पनि भइरहेकाले भोलि मात्रै उमेदवारी दर्ता गरिने नेपाली कांग्रेस वीपीका जिल्ला संयोजक तिलक हमालले जानकारी दिए।

नेपाली कांग्रेस बाहेकका जुनसुकै दलहरुसँग तालमेल हुनसक्ने संयोजक हमालको भनाइ थियो। देशभरी गठबन्धनमा रहेका दलहरुले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्। नेपाली कांग्रेस छाडेर कांग्रेस वीपीबाट छुट्टै उमेदवार दिने तयारी भएपछि डडेल्धुरा कांग्रेस संकटमा परेको छ।


प्रकाशित: Apr 24, 2022| 20:25 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...