शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ३५ हजारभन्दा बढी पदका लागि पहिलो दिन ३ हजार ५६ जनाको उम्मेदवारी दर्ता

३५ हजारभन्दा बढी पदका लागि पहिलो दिन ३ हजार ५६ जनाको उम्मेदवारी दर्ता

३५ हजार २२१ पदको लागि हुने निर्वाचनमा आइतबार अधिकांश साना दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनय गर्ने पहिलो दिन आइतबार देशभर तीन हजार ५६ जनाले मनोनयन दर्ता गरेका छन्। ३५ हजार २२१ पदको लागि हुने निर्वाचनमा आइतबार अधिकांश साना दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। 

निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर तथा नगरपालिका प्रमुखमा २१८, उपप्रमुखमा १०२, गाउँपालिका अध्यक्षमा १७२, उपाध्यक्षमा ७५, वडाध्यक्षमा ९२८, वडा सदस्यमा ८७७, महिला सदस्यमा ३९६, दलित महिला सदस्यमा २८८ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ।

ठूला राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउन नसक्दा आइतबार उम्मेदवारी दर्ता गराउन सकस परेको हो।

आयोगले सोमबार पनि बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नसक्ने समय निर्धारण गरेको छ। निर्वाचन आयोगका अनुसार आइतबार काठमाडौं महानगरपालिकामा प्रमुख पदमा १७ जना र उपमेयरमा १६ जनाको उम्मेदवारी परेको छ।



प्रकाशित: Apr 24, 2022| 20:15 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...