पर्सा- स्थानीय निर्वाचनका लागि मनोनयन दर्ताको आइतबार पहिलो दिन जिल्लाका १४ स्थानीय तहमा स्थापना भएका निर्वाचन कार्यालयहरुमा आइतबार अधिकांश स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।
वीरगन्ज महानगरपालिकाको मेयर पदका लागी भने नेपाल मजदुर किसान पार्टी, नेपाल सदभावना पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीबाट गरी ११ जना र उपमेयरका लागी समेत ११ जनाले मनोनय दर्ता गराएका छन्।
त्यसैगरी वीरगन्जको ३२ वटा वडामध्ये आज १६ जनाले वडा अध्यक्ष पदमा मनोनय दर्ता गराएका हुन्। जसमा वडा नम्बर १०, १२, २०, २३ लगायतमा राप्रपा, विवेकशील पार्टी, जनमत पार्टी र स्वतन्त्रबाट उम्मेदवारहरु रहेको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी गराएका छन्।