बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा महानगरका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउने जिम्मा देउवालाई

कांग्रेसमा महानगरका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउने जिम्मा देउवालाई

पार्टीको आइतबार बसेको बैठकले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकाको मेयर र विरगञ्‍ज, भरतपुर र पोखरा महानगरको उपमेयरको आधिकारिक उम्मेदवार टुंगो लगाउने जिम्मा पार्टी सभापति देउवालाई दिइएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरका मेयर र उपमेयरका उम्मेदवारको अन्तिम टुंगो लगाउन पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको छ। पार्टीको आइतबार बसेको बैठकले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकाको मेयर र विरगञ्‍ज, भरतपुर र पोखरा महानगरको उपमेयरको आधिकारिक उम्मेदवार टुंगो लगाउने जिम्मा पार्टी सभापति देउवालाई दिइएको छ। 

National life

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय गरेको छ। 

त्यसैगरि महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको रायसहित केन्द्रमा प्राप्त हुन आएका नाममध्ये विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा विरगञ्‍ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार नेपाली सभापतिलाई दिने निर्णय गरेको हो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुंगो लगाउन बाँकी छ। निर्वाचन आयोगले दलहरुका लागि उम्मेदवार मनोनयको समय आइतबार र सोमबारका लागि तोकेको छ। 

प्रकाशित: Apr 24, 2022| 18:18 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...