काठमाडौं– आशन्न स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयरमा उम्मेदवारी दिने घोषणा गरेको छ।
नेकपा एसले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। थापा पार्टीको ललितपुर जिल्ला अध्यक्ष हुन् भने बज्राचार्य उपाध्यक्ष।
यसअघि समाजवादीले महाकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकाका प्रमुख पाउनुपर्ने माग गर्दै आएको थियो। समाजवादीले दाबी गरेको महालक्ष्मी कांग्रेस र महाँकाल माओवादीले लिने दुई दलबीच सहमति भएपछि समाजवादीले विद्रोह गरेको हो।