काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसका शीर्षनेता छलफलमा जुटेका छन्। कांग्रेस नेताहरूबीच पार्टी कार्यालय सानेपामा छलफल जारी रहेको छ।
देशभरका ६ महानगरमा मेयर/उपमेयरको अन्तिम टुंगो लगाउन शीर्षनेता छलफलमा जुटेका हुन्। छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइरालालगायत छन्।
बैठक सकिएलगत्तै कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगर पाएको छ।