बुधबार, असार १०, २०८३

कांग्रेसको घोषणापत्रमा 'कोखदेखि शोकसम्मका' कार्यक्रम

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रमा कोखदेखि शोकसम्मका कार्यक्रम अघि सारेको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रमा कोखदेखि शोकसम्मका कार्यक्रम अघि सारेको छ।

National life

आइतबार सार्वजनिक भएको घोषणापत्रमा भनिएको छ, ‘नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुन्छन्। नेपाली कांग्रेसले परिकल्पना गरेको समाजमा यी आर्थिक तथा सामाजिक दायित्वहरु राज्यले पूरा गर्नुपर्छ। त्यसैले नेपाली कांग्रेसले सस्तो लोकप्रियताका लागि सामाजिक सुरक्षाका खुद्रा वितरणमुखी कार्यक्रममा होइन, प्रत्येक नेपाली नागरिकले सम्मानित जीवनयापन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा अवधारणामा विश्वास गर्दछ। कोखदेखि शोकसम्म नेपाली कांग्रेसको एकीकृत सामाजिक सुरक्षा अवधारणा हो र जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यले बहन गर्ने दायित्वको जनमुखी एकीकृत नीति र कार्यक्रम हो।’

यस्तो छ कार्यक्रमको प्रारुप

प्रजनन् स्वास्थ्य र अधिकारः युवायुवतीलाई निःशुल्क प्रजनन् स्वास्थ्य शिक्षा र प्रजनन् छनोटको स्वतन्त्रताको प्रत्याभूति

गर्भावस्थाः गर्भावस्थामा निःशुल्क परीक्षण, घरवारविहीन विपन्न गर्भवतीका लागि निःशुल्क आश्रय र पोषणको व्यवस्था

Shivam cement

सुरक्षित मातृत्वः निःशुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घरदैलोमा स्वास्थ्य सेवा, पाँच हजार सुत्केरी भत्ता

बालविकासः  निःशुल्क खोप तथा पोषण तालिका, शिशु स्याहार केन्द्र र दिवा खाजा

शिक्षाः घोकन्ते शिक्षा प्रणालीबाट सोच्ने, सोध्ने र सिक्ने शिक्षा प्रणालीको विकास, रोजगारमूलक सिकाइ

स्वास्थ्यः सबै नागरिकलाई स्वास्थ्य विमा र ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपांगता भएका, विपन्न लगायतलाई निःशुल्क विमा, स्वास्थ्य उपचारमा खल्तिको पैसा खर्च कम गर्ने व्यवस्था

रोजगारी र श्रमः  तरूण सीप र वृत्ति विकास, सबै युवायुवतीलाई सम्मानित रोजगार, स्वरोजगार कार्यक्रम सञ्चालन, सबै श्रमिकको सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था, सबै श्रमिकको सञ्चय कोष र उपदानको प्रत्याभूति र एकल महिला तथा अपांगता भएका नागरिकद्वारा सञ्चालित स्वरोजगारको हकमा ५० प्रतिशत योगदान सरकारको तर्फबाट व्यवस्था

वृद्धावस्थाः ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता, जेष्ठ नागरिक उपचार खर्च, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा 

मृत्यु संस्कारः  नागरिक समुदाय र धर्म बमोजिमको बेग्लै अन्तिम संस्कारको लागि स्थान उपलब्ध गराउने, मृत्यु संस्कार खर्च

प्रकाशित: Apr 24, 2022| 15:53 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...