बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसबाट जितेका जनप्रतिनिधिले तीन-महिनामा नागरिकसँग संवाद गर्नैपर्ने

कांग्रेसबाट जितेका जनप्रतिनिधिले तीन-महिनामा नागरिकसँग संवाद गर्नैपर्ने

सत्तासीन दल नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधिले त्रैमासिक रुपमा नागरिकसँग संवाद गर्नुपर्ने भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९
National life
Shivam cement

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधिले त्रैमासिक रुपमा नागरिकसँग संवाद गर्नुपर्ने भएको छ। स्थानीय तहको निर्वाचनका लागि आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा तीन तहकै जनप्रतिनिधिले तीन महिनामा एकपटक नागरिकसँग संवाद गर्ने प्रतिवद्धता जनाइएको छ।

 ‘त्रैमासिक रुपमा जनप्रतिनिधि (स्थानीय, प्रादेशिक तथा संघीय) सँग नागरिक सम्वाद गर्ने,’ घोषणापत्रमा भनिएको छ। यस्तै  नीति, कानुन, योजना तथा कार्यक्रम तर्जुमामा नागरिक सहभागिता सुनिश्चित गर्ने, सरकारी आयोजना तथा सेवा प्रवाहको सहभागितामूलक अनुगमन तथा मूल्यांकन गर्ने प्रतिवद्धता समेत कांग्रेसले जनाएको छ।

स्थानीय विकासका साथै समग्र विषयमा छलफल र परामर्शका लागि आवधिक रूपमा युवा सभा तथा महिला सभा आयोजना गर्ने, युवा, महिला तथा टोल समूहले स्थानीय सरकारका योजना, कार्यक्रम र गतिविधिको अनुगमन, मूल्यांकन र निगरानी गर्न संयन्त्र तथा संस्कारको विकास गर्ने र वडा स्तरमा युवा, विद्यार्थी, नागरिक अगुवा आदि सम्मिलित रहने नागरिक समूहलाई परिचालन गरी स्थानीय तहको गुनासो सुनुवाई एवं व्यवस्थापन सहजीकरण गर्ने नीति अघि सारेको छ।

प्रकाशित: Apr 24, 2022| 14:52 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...