शुक्रबार, वैशाख २१, २०८१

एमालेले मोरङका १६ स्थानीय तहमा उम्मेदवार टुंग्यायो

नेकपा एमालेले मोरङका १६ वटा स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, वैशाख ११, २०७९

विराटनगर- नेकपा एमालेले मोरङका १६ वटा स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। विराटनगर महानगरपालिका बाहेकका उम्मेदवार टुंगो लागेको एमाले मोरङ सचिव रुपेश खतिवडाले बताए।

triton college

मिक्लाजुङको अध्यक्षमा नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई, उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेल र उपमेयरमा मिना पौडेल, रतुवामाई नगरपालिकाको मेयरमा उम्मेदवार दुर्गा विष्ट, लाई बनाइएको छ भने उपप्रमुखमा दयन्ता चुँडाललाई नै उम्मेदवार बनाइएको छ। चुँडाल वालवाला उपमेयर हुन्।

एमालेले सुनवर्षी नगरपालिकामा को श्याम राजवंशी प्रमुख र मिरा दासलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। पथरीशनिश्चरे नगरपालिकाको मेयरमा मोहन तुम्वापो र उपमेयरमा देवीमाया काफ्ले, कानेपोखरीको अध्यक्षमा राजमती इङ्नाम र उपाध्यक्षमा भोला अधिकारीले उम्मेदवारी दिने खतिवडाले बताए। 

लेटाङको मेयरमा भूपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, केराबारी गाउँपालिकाको अध्यक्षको सुमन मिरिङ्चिङ र उपाध्यक्षमा मनमाया मगर, सुन्दरहरैचाको मेयरमा केदार गुरागाईँ र उपप्रमुखमा अकली चौधरी, ग्रामथानको अध्यक्षमा शिवनारायण माझी र उपाध्यक्ष गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुँवर विष्ट, कटहरीमा सुवास सरदार र सीता राजवंशीले उम्मेदवारी दिने भएका छन्।

यस्तै जहदा गाउँपालिकाको अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन, धनपालथानमा मुसहरु मण्डल र उपासी देवी राजवंशी, रंगेलीको प्रमुखमा दिलीप बगडीया र उपप्रमुखमा भुमा पराजुली निरौला, बेलबारी नगरपालिकाको प्रमुखमा ज्ञानेन्द्र सुवेदी  र उपमेयरमा गंगा श्रेष्ठले उम्मेदवारी दिने सचिव खतिवडाले बताए। 

corrent noodles
Metro Mart

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले पाँच वटा स्थानीय तहका प्रमुख र नौ वटामा उपप्रमुख निर्वाचित भएका थिए।

प्रकाशित: Apr 24, 2022| 13:34 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...