बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • २०२९ सालदेखि निरन्तर वडाध्यक्ष जितेका नरसिंहले फेरि दिए उम्मेदवारी

२०२९ सालदेखि निरन्तर वडाध्यक्ष जितेका नरसिंहले फेरि दिए उम्मेदवारी

वडाध्यक्षमा १० पटक जितिसकेका ८१ वर्षीय नरसिंह व्यञ्जनकारले पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९
National life
Shivam cement

काठमाडौं– वडाध्यक्षमा १० पटक जितिसकेका ८१ वर्षीय नरसिंह व्यञ्जनकारले पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएका छन्। ललितपुर महानगर–१० को वडाध्यक्ष बन्न उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। 

ललितपुरको कुपण्डोलका बासिन्दामाझ उनी लोकिप्रय छन्। स्थानीयकै आग्रहमा पुनः वडाध्यक्ष लड्न लागेको उनले बताएका छन्। वडाबासीको हितमा काम गर्दै आएकाले फेरि जित्ने उनको दाबी छ। 

व्यञ्जनकार २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए। त्यसयता उनले निरन्तर वडाको नेतृत्व गर्दै आएका छन्। लोकतन्त्र बहाली भएपछिको पहिलो चुनावमा नेपाली कांग्रेसबाट निर्विरोध वडाध्यक्ष बनेका उनले अघिल्लो निर्वाचनमा भने स्वतन्त्रबाट वडाध्यक्ष जितेका थिए।

प्रकाशित: Apr 24, 2022| 13:34 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...