काठमाडौं- नेकपा एमालेले चितवनका सातै पालिकामा प्रमुखका उम्मेदवार टुंग्याएको छ।
माडी नगरपालिका र भरतपुर महानगरपालिकामा राप्रपासँग तालमेल गर्ने निर्णयसँगै एमालेले उपमेयरको उम्मेदवार भने टुंग्याउन सकेको छैन। अन्य पाँच पालिकामा भने एमालेले उपमेयरको उम्मेदवार पनि टुंग्याइसकेको छ।
एमालेले राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक उम्मेदवार बनाउने भएको छ। खैरहनीमा यसअघिकै मेयर लालमणि चौधरीलाई एमालेले दोहोर्याउने भएको छ। उपमेयरमा कविता उप्रेती भएकी छन्।
रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक उठ्ने भएका छन्। दुवाडी यसअघि उपमेयर थिइन्। कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा चयन भएका छन्।
यसैगरी एमालेले माडीको प्रमुखमा ताराकाजी कुमारी महतो, इच्छाकामनाको प्रमुखमा दानबहादुर गुरुङ र उपप्रमुख माया सिलवाललाई उठाउने भएको छ। एमालले भरतपुरको मेयरमा यसअघि नै विजय सुवेदीको नाम टुंग्याएको थियो।