काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले गोरखामा चुनावी गठबन्धन नगर्ने भएको छ।
आइतबार जिल्ला कार्यसमितिको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको हो। कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले सत्ता गठबन्धनमा रहेका अन्य दलका केही व्यक्तिको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण आफूहरूले चुनावमा एक्लै जाने निर्णय गरेको बताए।
शनिबार बसेको गठबन्धनको संयन्त्र बैठकमा पनि दलहरूले आ-आफ्नो ढंगबाट चुनाव लड्ने निर्णय गरेका थिए।
चुनावी तालमेलका लागि आफूहरू हदैसम्म लचिलो भए पनि अन्य पार्टीहरू आआफ्नो अडानबाट पछि नहटेपछि गठबन्धनबाट बाहिरिन बाध्य भएको न्यौपानेले बताए।