शनिबार, साउन ३०, २०८३

देशभर उम्मेदवारी मनोनयन सुरु

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ।निर्वाचन आयोगले आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको मिति तोकेको छ। 

आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उम्मेदवारी मनोनयन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। आज र भोलि बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।


प्रकाशित: Apr 24, 2022| 10:51 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...