शनिबार, साउन ३०, २०८३

चितवनमा गठबन्धन दलले यसरी गरे भागबन्डा

पाँच दलीय गठबन्धनले चितवनमा उम्मेदवारको भागबण्डा टुंगो लगाएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– पाँच दलीय गठबन्धनले चितवनमा उम्मेदवारको भागबण्डा टुंगो लगाएका छन्। यसअनुसार भरतपुर महानगरपालिकामा २० वटा वडा नेपाली कांग्रेसले पाउने सहमति भएको छ। महानगर प्रमुख भने माओवादीले पाउने सहमति यसअघि नै केन्द्रबाट भइसकेको छ।

भरतपुरमा माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले ३ वटा वडा पाउने टुंगो लागेको छ। भरतपुरको वडा नम्बर २६ मा भने कांग्रेस र माओवादी दुवैले दाबी नछाडेका कारण यहाँ दुवै पार्टीका उम्मेदवार हुने देखिएको छ।

भरतपुरका १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडा नेपाली कांग्रेसको भागमा परेको छ। माओवादीको भागमा ११, १३, २४, २५ र २८ नम्बर वडा परेका छन्।

एकीकृत समाजबादीले ९, १२ र २२ नम्बर वडा पाएको छ। गठबन्धनका दलहरुले वडामा उम्मेदवार भने टुंगो लगाएका छैनन्।

गठबन्धनले भरतपुर महानगर र माडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्नेछ। रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा कांग्रेसले उम्मेदवार उठाउने सहमति भएको छ।

कालिका नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुने सहमति भएको छ। भरतपुरमा माओवादीले रेणु दाहाललाई मेयरको उम्मेदवार बनाउने निश्चित भइसेको छ।

अन्य तहमा मेयर र उपमेयरका उम्मेदवार तय हुन सकेको छैन। भरतपुरमा मेयर नपाएको भन्दै असन्तुष्ट कांग्रेसका नेता, कार्यकर्ताहरुले भने स्वतन्त्र उम्मेदवार खडा गर्ने तयारी गरिरहेको बताइएको छ।

प्रकाशित: Apr 24, 2022| 10:43 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...