नेपालगञ्ज- नेकपा एमालेले बाँकेका आठ ओटै पालिकामा उम्मेदवार टुंग्याएको छ।
एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाउने भएको छ। कोहलपुर नगरपालिकामा मेयर खिलप्रसाद भुसाल र उपमेयरमा अस्मिता थारुलाई अगाडि सारिएको छ।
नरैनापुर गाउँपालिकामा अध्यक्ष पदमावती यादव र उपाध्यक्षमा रामकुमार दिक्षित, डुडुवामा सरोजकुमारी यादव र सकिल खाँ, बैजनाथ गाउँपालिकामा घननाथ खनाल र प्रेमपूर्ण योगी, जानकी गाउँपालिकामा हेमन्सु यादव र भूमिसरा धिताल, खजुरा गाउँपालिकामा सुमन मल्ल र नजिरा बेगम, राप्तीसोनारी गाउँपालिकामा रामदास थारु र चमेली बागबल रहेका छन् ।
एमालेले बाँकेमा वडाहरूको टुंगो आइतबार दिउँसोसम्म लगाइसक्ने जनाएको छ।