शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेबाट बुटवलको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल

एमालेबाट बुटवलको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल

नेकपा एमालेले बुटवल उपमहानगरपालिकामा प्रमुखमा औषधी व्यवसायी बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

बुटवल- नेकपा एमालेले बुटवल उपमहानगरपालिकामा प्रमुखमा औषधी व्यवसायी बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। 

महानगर, उपमहानगरमा स्थानीय निर्वाचनका उम्मेदवार टुंगाउन बसेको एमाले केन्द्रीय सचिवालय बैठकले बुटवल उपमहानगरपालिकाको प्रमुखमा भट्टराई र उपप्रमुखमा सावित्रा अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अर्याल पार्टी केन्द्रीय सदस्य हुन्। 

उपमहानगरमा प्रमुखमा बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, नेताहरू गोपाल राना, तेजेन्द्र केसीले दाबी गरेका थिए। २०७४ सालको निर्वाचनमा पनि प्रमुखको दाबेदार रहेका भट्टराईले यो पटक लामो प्रतीक्षापछि टिकट पाएका हुन्।

प्रकाशित: Apr 24, 2022| 08:09 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...