काठमाडौं- नेकपा एमालेले सिन्धुपाल्चोकका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचनका लागि सबै पालिकाको प्रमुख र उप प्रमुख टुंगो लगाएको हो।
एमालेले केही पालिकामा पुरानै उम्मेदवारलाई निरन्तरता दिएको छ। केही पालिकामा भने नयाँ उम्मेदवारले पनि मौका पाएका छन्।
पार्टीले हेलम्बु र इन्द्रवती गाउँपालिका तथा बाह्रबिसे नगरपालिका प्रमुखमा पुरानै उम्मेदवार दोहोर्याएको छ।
१. बाह्रबिसे नपा
मेयर: निमफुन्जो शेर्पा
उपमेयर: कल्याणी घिसिङ
२. चौतारा साँगाचोकग्ढी नपा
मेयर: इन्द्रप्रसद नेपाल
उपमेयर: बालकुमारी सापकोटा
३. मेलम्ची नपा
मेयर: बालकृष्ण देउजा
उपमेयर: उमा प्रधान
४. भोटेकोशी गापा
अध्यक्ष: अमृतबहादुर खड्का
उपाध्यक्ष: सुन्तलीमाया तामाङ
५. त्रिपुरासुन्दरी गापा
अध्यक्ष: मेघनाथ पौडेल
उपाध्यक्ष: सबिता श्रेष्ठ
६. लिसंखुपाखर गापा
अध्यक्ष: सूर्यबहादुर लामा
उपाध्यक्ष: कन्चन लामा
७. सुनकोशी गापा्
अध्यक्ष: टपिन्द्रप्रसाद तिमल्सिना
उपाध्यक्ष: मन्जु भण्डारी
८. बलेफी गापा
अध्यक्ष: नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष: चन्द्रावती थापा
९. जुगल गापा
अध्यक्ष: जयबहादुर लामा
उपाध्यक्ष: टुंगिन बाँकी
१०. इन्द्रावती गापा
अध्यक्ष: झम्कनाथ नेपाल
उपाध्यक्ष: शोभना तामाङ
११. पाँचपोखरी गापा
अध्यक्ष: टासी लामा
उपाध्यक्ष: सुनिता अधिकारी
१२. हेलम्बु गापा
अध्यक्ष: हस्त बहादुर पण्डित
उपाध्यक्ष: टुंगिन बाँकी