बिहीबार, असार ११, २०८३

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

स्थानीय तहको निर्वाचनका लागि आज र भोली उम्मेदवारको मनोनयन दर्ता सुरु हुने भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि आज र भोली उम्मेदवारको मनोनयन दर्ता सुरु हुने भएको छ। वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो।

National life

निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ। 

आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको जनाएको छ।

विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोले आयोगको भनाइ छ। 

यसले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन उम्मेदवारको सूची प्रकाशन गर्न नसकिएको सन्दर्भमा दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको आयोगले स्पष्ट पारेको छ।

Shivam cement

सोमबार बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। 

वैशाख १६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ।

प्रकाशित: Apr 24, 2022| 06:46 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...