शनिबार, साउन ३०, २०८३

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र सार्वजनिक गर्न लागिएको कांग्रेसले जनाएको छ।

घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गरिने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले बताएका छन्। घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ।

त्यस्तै, घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ। 

घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ। 

कांग्रेसले स्थानीय तहले सम्बन्धित स्थानीय तहको आवश्यकता र महत्वलाई हेरेर घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: Apr 24, 2022| 06:38 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...