बिहीबार, असार ११, २०८३

यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार

नेकपा एमालेले महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार एमालेले यी पदमा उम्मेदवार टुंग्याएको हो।
 |  शनिबार, वैशाख १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १०, २०७९

काठमाडौं- नेकपा एमालेले महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार एमालेले यी पदमा उम्मेदवार टुंग्याएको हो। 

National life

काठमाडौँ महानगरमा एमालेले केशव स्थापितलाई उम्मेदवार बनाउने भएको। काठमाडौं उपमेयरमा यसअघि स्वतन्त्रबाट मेयरमा उम्मेदवार बन्ने तयारी गरेकी सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ। एमालेले शुक्रबार महानगर तथा उमहानगरका लागि अन्तिम उम्मेदवारहरुको टुंगो लगाएको हो।

ललितपुर मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्य बन्नेछन्।

पोखरा मेयरमा दीपक पौडेल उम्मेदवार बन्नेछन्। उपमेयरमा मञ्जुदेवी गुरुङ उम्मेदवार बन्नेछन्।

भरतपुरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाइँदैछ। वीरगञ्ज मेयरमा विजय सरावगी उम्मेदवार भएका छन्। भरतपुर र वीरगञ्जमा उपप्रमुख बाँकी छ। विराटनगरमा दुवै पदको निर्णय भइसकेको छैन।

Shivam cement

उपमहानगरतर्फ धनगढी मेयरमा रणबहादुर चन्द, उपमेयरमा चन्द्रकला राना थारु उम्मेदवार बन्ने भएका छन्।

नेपालगन्ज मेयर पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाल छन्। 

तुलसीपुर मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी उम्मेदवार बनाइँदैछन्। घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी उम्मेदवार बन्दैछन्।

बुटवल मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल उम्मेदवार बन्ने भएका छन्। हेटौंडामा मेयर अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले उम्मेदवार बन्दै छन्।

धरान मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बु उम्मेदवार बन्दैछन्। इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीको मनोनयन गरिँदैछ।

कलैयाको मेयरका लागि विनोद शाह छानिएका छन्। जनकपुर र जितपुर सिमराका उम्मेदवार तय गर्न बाँकी छ।


प्रकाशित: Apr 23, 2022| 22:25 शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...