बिहीबार, असार ११, २०८३

चुनाव प्रचार–प्रसार सामाग्री तत्काल हटाउन निर्देशन

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सम्बन्धित दल वा भ्रातृ सङ्गठनले त्यस्ता प्रचार सामग्री नहटाए कार्यालयको टोलीले अनुगमन गरी प्रचार साम्रगी हटाउने जानकारी दिए।
 |  शनिबार, वैशाख १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १०, २०७९

काठमाडौं- मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले बाँकेमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनलाई निर्वाचन आचारसंहिताविपरीतका कार्य नगर्न सचेत बनाएको छ। सो कार्यालयमा आज बसेको बैठकले पोष्टर, ब्यानर, सार्वजनिक स्थान, मठमन्दिर, बिजुलीका तार, टेलिफोनका तारसमेतमा राखिएका चुनाव प्रचार–प्रसार साम्रगी तत्काल हटाउन निर्देशन दिएको छ।

National life

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सम्बन्धित दल वा भ्रातृ सङ्गठनले त्यस्ता प्रचार सामग्री नहटाए कार्यालयको टोलीले अनुगमन गरी प्रचार साम्रगी हटाउने जानकारी दिए।

'त्यस्ता प्रचार सामग्री दल वा भ्रातृ सङ्गठनले नहटाए हामीले नै हटाउँछौं,' उनले भने। उक्त कार्यालयले निर्वाचन आचारसंहिताविपरीतका कार्य रोक्न निर्वाचन अधिकृतको कार्यालयलाई समेत जानकारी गराएको छ। निर्वाचन आचारसंहिता, २०७८ ले व्यवस्था गरेबमोजिम स्थानीय निर्वाचनसम्बन्धी सम्पूर्ण व्यवस्थालाई पूर्णरूपमा पालना गर्न दलहरु सहमत भएका थिए।

बैठकले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकार भएकाहरुसँग समन्वय गर्दै काम गर्ने उल्लेख गर्दै मनोनयन दर्ता कार्यलाई शान्तिपूर्णरूपमा सहज ढङ्गले सम्पन्न गर्न सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलाउने निर्णय गरेको छ। जिल्लाका कतिपय ठाउँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भएको उक्त कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार ११ बजेदेखि ४ बजेसम्म राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेकपा माक्र्सवादी पुष्पलाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, विवेकशिल साझा पार्टीसहित छ पार्टीलाई उम्मेदवारी दर्ता गर्न समय दिएको छ। त्यस्तै नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय सद्भावना पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सोमबार उम्मेदवारी दर्ता गर्ने समय ११ बजेदेखि ३.३० बजेसम्म निर्धारण गरेको छ। 

Shivam cement

प्रकाशित: Apr 23, 2022| 21:10 शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...