काठमाडौं- तीन दिने नेपाल भ्रमणमा रहेको अमेरिकी क्रिस्टि जिल्लीगार्डसहितको टोलीले शनिबार दिनभर व्यस्त बनेको छ। बिहान परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गरी औपचारिक भेटघाट सुरु गरेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटदेखि साँझ जंगल हाइकसम्मका कार्यक्रममा व्यस्त बनेको हो।
टोलीले नेपाली सांसदहरूसँग पनि छलफल गरेको थियो। छलफलमा युक्रेन संकटबारे संयुक्त राष्ट्रसंघ लगायत अन्तराष्ट्रिय मञ्चमा नेपालले लिएको ‘पोजिसन’को प्रशंशा र एमसीसीको संसदीय अनुमोदनप्रति खुशी व्यक्त गरेका थिए। राष्ट्रसंघीय मञ्चमा भएका अधिकांश मतदानमा नेपालले युक्रेनका पक्षमा मत दिएको थियो।