शनिबार, साउन ३०, २०८३

गोकुल बाँस्कोटासँग चुनाव लड्ने निर्देशक पण्डितको घोषणा

गत निर्वाचनमा काभ्रे-२ बाट नेकपा एमालेका नेता गोकुल बाँस्केटा विजयी भएका थिए। आगामी चुनावमा पनि उनी सोही क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन्।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं- चलचित्र निर्देशक मनोज पण्डितले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन्। फेसबुकमा  स्टाटस लेख्दै निर्देशक पण्डितले काभ्रे-२ बाट चुनाव लड्ने घोषणा गरेका हुन्। पण्डित यही क्षेत्रका बासिन्दा हुन्।  

गत निर्वाचनमा काभ्रे-२ बाट नेकपा एमालेका नेता गोकुल बाँस्केटा विजयी भएका थिए। आगामी चुनावमा पनि उनी सोही क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन्।

सामाजिक सञ्जालमा पूर्वमन्त्री गोकुल बाँस्कोटाले  ‘७० करोड मात्रै हो र! ७० अर्ब हान्दिन्छु व्यक्तिगत पैसा हो र?’भनेको भिडियो भाइरल छ। यसपछि पण्डितले स्टाटस लेख्दै असंवेदनशील राजनीतिज्ञको विरुद्ध स्वतन्त्र उम्मेदवारको रूपमा उठ्ने लेखेका हुन्। 

पण्डितका चलचित्रहरू राजनीतिक घटनाक्रमबाट बढी प्रेरित छन्। 'वधशाला', 'ग्रेटर नेपाल', 'दासढुंगा', एक जस्ता चलचित्रमा उनले राजनीति विषयलाई समावेश गरेका छन्।  

भ्रष्टाचारीले खुल्लमखुल्ला चुनाव लड्ने हाँक दिएकाले आफू मौन रहन नसक्ने पण्डितले बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्ध मैले दिएको उम्मेदवारी खबरदारी पनि हो। किन कि हामी यस्ता भ्रष्टका कुरा सुनेर चुपचाप ताली बजाइरहने मान्छे होइनौं।’


प्रकाशित: Apr 22, 2022| 13:48 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...