बिहीबार, असार ११, २०८३

विधान कुल्चिएर चुनावतिर कांग्रेस

सत्तासीन दल नेपाली कांग्रेसले शुक्रबार महानगरका मेयर र उपमेयर चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसले शुक्रबार महानगरका मेयर र उपमेयर चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो। 

National life

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक उम्मेदवार चयनमै केन्द्रित हुनेछ। त्यसो त केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघि कांग्रेस शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका छन्। वैशाख ३० गते हुने निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता गर्ने समय तोकिएको छ। 

मनोनयनको समय नजिकिँदै गर्दा कांग्रेस उम्मेदवार चयनमा व्यस्त बनेको हो। सत्तारुढ पाँच दलीय गठबन्धनको सहमति अनुसार कांग्रेसले काठमाडौं महानगर, ललितपुर महानगर र विराटनगर महानगरको मेयर पाएको छ। यस्तै चितवन महानगर, वीरगञ्ज  महानगर र पोखरा महानगरको उपमेयर पाउने छ। 

महानगरका तीन मेयर र तीन उपमेयरका उम्मेदवार चयन गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। कांग्रेसको विधान अनुसार महानगरका मेयर र उपमेयरका उम्मेदवार केन्द्रले नै छान्नुपर्नेछ। यद्यपि उम्मेदवार चयनका लागि केन्द्रीय संसदीय समिति बनाउनुपर्ने व्यवस्था विधानमा गरिएको छ। 

कांग्रेसले अहिलेसम्म संसदीय समिति गठन गर्न सकेको छैन। कांग्रेसको विधानको धारा ३२ मा चार तहका संसदीय समिति मार्फत स्थानीय तहका उम्मेदवार चयन हुने उल्लेख छ। सोही धाराको (४) मा महानगरपालिका प्रमुख र उप प्रमुखको उम्मेदवार चयनको व्यवस्था छ।

Shivam cement

यस्तो छ विधानको व्यवस्था 

तर, कांग्रेसले तत्काल संसदीय समिति गठन गर्न सम्भव नदेखिएको भन्दै कार्यसम्पादन समितिको बैठकबाटै उम्मेदवार चयन गर्ने तयारी गरेको छ। जुन विधानको व्यवस्था विपरीत हुन जान्छ। ‘तत्काल संसदीय समिति गठन गर्न सम्भव देखिएन। आज (शुक्रबार) र भोलि (शनिबार) भित्र उम्मेदवार चयन गरिसक्नुपर्नेछ। सोही कारण कार्यसम्पादन समितिको बैठकबाटै उम्मेदवारको टुंगो लगाउने तयारी गरेका छौं,’ एक पदाधिकारीले भने। 

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकाल कांग्रेस हाँकिरहेका छन्। १३औं महाधिवेशनपछि पनि पटक–पटक विधान कुल्चिएका देउवाले दोस्रो कार्यकालमा पनि सोही बाटो हिँड्न थालेका छन्।



प्रकाशित: Apr 22, 2022| 11:53 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...