शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाइडेनले भने- अमेरिका नेपालसँगको बलियो मित्रता अझ प्रगाढ बनाउन चाहन्छ

बाइडेनले भने- अमेरिका नेपालसँगको बलियो मित्रता अझ प्रगाढ बनाउन चाहन्छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र नेपालबीचको सम्बन्धन आफूले अझ प्रगाढ बनाउन चाहेको बताएका छन्।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र नेपालबीचको सम्बन्धन आफूले अझ प्रगाढ बनाउन चाहेको बताएका छन्। दुई देशबीचका साझा मुद्दाअघि बढाउँदै दुई देशबीचको जारी बलियो र चिरस्थायी मित्रता अझ आफूले बढी प्रगाढ पार्न चाहेको बताएका छन्। 

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको ओहदाको प्रमाणपत्र स्वीकार गर्दै बाइडेनले उक्त धारणाा राखेका हुन्। 

‘यहाँस्थित कूटनितिक समुदायको एक सदस्यका रुपमा तपाईंलाई स्वागत गर्न चाहन्छु,’ उनले भने। अमेरिकी विदेश मन्त्रालयमार्फत राजदूत खत्रीले ओहदाको प्रमाणपत्र रबुझाएका हुन्। 

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा नभई कागजी प्रक्रियाद्वारा ओहदाको प्रमाणपत्र बुझाइएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।



प्रकाशित: Apr 22, 2022| 11:36 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...