बिहीबार, असार ११, २०८३

वडा सचिव कार्यवाहक अध्यक्षको हैसियतमा

यही व्यवस्थाबमोजिम विहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं- यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन्।

National life

काठमाडौँ महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७९ मा बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने अहिलेको अवस्थामा वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो। 

यही व्यवस्थाबमोजिम विहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ। यदि वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएमा वडा सचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न अधिकार दिने निर्णय भएको छ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भई काम गर्ने अवस्थासम्बन्धी व्यवस्था छ। जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ। सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ।

त्यसैगरी बैठकले नन्दीरात्रि माध्यमिक विद्यालय नक्सालमा राजेश हुमागाईँ र महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा धर्मेन्द्र खकुरेललाई प्रधानाध्यापकमा गरिएको नियुक्तिलाई अनुमोदन गरेको छ। रासस

Shivam cement

प्रकाशित: Apr 22, 2022| 09:11 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...